Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अब वामदेव गौतम पनि सांसद

अब वामदेव गौतम पनि सांसद

दैनिकी न्यूज

२९, भाद्र २०७७
अब वामदेव गौतम पनि सांसद
images

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । नेकपाको सचिवालयले फागुन १४ गते नै रिक्त एक सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

पार्टीले निर्णय गरेको सात महिनापछि गौतम सांसद बनेका हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता पटक पटक सांसद बन्ने प्रयास गरेका थिए । उनलाई राष्ट्र्यिसभाको सदस्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १८ गते बसेको बैठकमा प्रतिवद्धता जनाएका थिए । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन ।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - २१:३५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology