काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) पनि बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। योसँगै मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ हिजो सोमबार पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।