ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भारइसको संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ ।
मेयर श्रेष्ठलाई कोरोना भएको सोमबार पुष्टि भएको थियो । मंगलबारदेखि असोज ४ गतेसम्म नगरपालिका बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जनाएका छन् । नगरबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर दिँदै नगरपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरु असोज ४ गतेसम्म बन्द गरिएको सूचनामा जनाइएको छ । तर नगरपालिकाले प्रकाशित गरेको सूचनामा मेयरलाई कोरोना भएको कहिँ उल्लेख गरिएको छैन ।
मेयर श्रेष्ठलाई कोरोना संक्रमण भएपछि इमाडोलमा रहेकको किस्ट मेडिकल कलज, अस्पतालको आइसोलेसनमा उपचाररत छन् । किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ। मेयरलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन उनले सार्वजनिक अपिल पनि गरेका थिए ।

यो पनि पढ्नुहोस