काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) स्थिर रहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार पनि सुनको भाउ प्रति तोलामा ६०० रुपैयाँ बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ ९७ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।