Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजारमा छायो हरियाली, कारोबार रकम तीन अर्ब माथि

शेयर बजारमा छायो हरियाली, कारोबार रकम तीन अर्ब माथि

दैनिकी न्यूज

१, आश्विन २०७७
शेयर बजारमा छायो हरियाली, कारोबार रकम तीन अर्ब माथि
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको अन्तिम दिन आज उत्साहजनक वृद्धि भएको छ ।

बिहिबार नेप्से ३० दशमलव ७८ अंकले बढेर १ हजार ५७२ दशमलव १८ विन्दुमा कायम भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०२ अंकको बढेर ३१२.५० विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

नेप्सेका अनुसार आज १९१ कम्पनीको १ करोड १८ लाख ३०४ कित्ता शेयरको किनबेच भई ३ अर्ब ३१ करोड ५६ लाख ६४ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ४७ हजार ३०९ वटा कारोबार भएका छन् ।

आज नेप्सेमा निर्जिवन विमा समूह बाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ ।

खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा नेपाल बैंक र तेस्रोमा चिलिमे हाइड्रोपावर परेको छ । 

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १५:२८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology