Logo

सोमवार, श्रावण २५ गते २०८३

images

५ ओटा कम्पनीको १२ करोड ९४ लाख कित्ताभन्दा बढी हकप्रद शेयर पाइपलाइनमा

५ ओटा कम्पनीको १२ करोड ९४ लाख कित्ताभन्दा बढी हकप्रद शेयर पाइपलाइनमा

दैनिकी न्यूज

२, आश्विन २०७७
५ ओटा कम्पनीको १२ करोड ९४ लाख कित्ताभन्दा बढी हकप्रद शेयर पाइपलाइनमा
images

काठमाडौं । पाँच ओटा कम्पनीहरुको १२ करोड ९४ लाख कित्ता हकप्रद शेयर पाइपलाइनमा रहेको छ । यी पाँचै ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नागरिक लगानी कोष, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएका हुन् ।

पछिल्लो समयमा हकप्रद शेयर निष्कासनमा कमी आएको छ । विगतका वर्षमाहरुमा इन्स्योरेन्स कम्पनीहरु र बैंकहरुले राष्ट्र बैंकले तोकेको पूँजी पुर्‍याउनको लागि पनि हकप्रद शेयर धेरै निष्कासन गरेका थिए ।

हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले सबैभन्दा बढी हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बार्डमा निवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डमा २०७६ असार ३१ गते निवेदन दिएको थियो ।

समृद्धि फाइनान्सले भने हकप्रद शेयर निष्कासन गर्न बोर्डको स्वीकृति पाएको छ । कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको हो । कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि भदौ १२ गते बुक क्लोज गरेको छ । भदौ ११ गतेसम्मका कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् । हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन । आर्थिक अभियानबाट

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ०८:१९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology