काठमाडौं । पहिलो पटक पूर्व माओवादीको कार्यालय पेरिसडाँडामा बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डको सहमतिमा बैठक आइतबारका लागि सारिएको हो । शुक्रवार विहानका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।
बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो।