Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बसले मोटरसाइकललाई ठक्कर दियो, २९ वर्षीय अधिकारीको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दियो, २९ वर्षीय अधिकारीको मृत्यु

दैनिकी न्यूज

३, आश्विन २०७७
बसले मोटरसाइकललाई ठक्कर दियो, २९ वर्षीय अधिकारीको मृत्यु
images

हेटौडा । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा३ख ९६६४ नंको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना४९प २४०० नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो ।प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - १७:४९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology