Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

दैनिकी न्यूज

५, आश्विन २०७७
मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प
images

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्ने निर्णय लिएको हो । केही दिनअघि सम्पन्न स्थायी कमिटी बैठकले पनि सरकार पुनर्गठन गर्न सुझाव दिएको थियो ।

नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको निर्णयअनुसार सरकार पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताए ।

‘आजको बैठकमा पहिलो एजेन्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल भएको छ, भोलि फेरि बैठक बस्दै छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भयो ।’

उनले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि व्यक्तिको नाममा भने छलफल नभएको बताए ।

नेकपा स्रोतका अनसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा तीन विकल्प दिएका छन् । प्रधानमन्त्री ओलीले पहिलो विकल्पका रूपमा सबै मन्त्री हटाउने, दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकाहरूलाई र तेस्रो विकल्प केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी प्रस्ताव गरेका छन् ।

राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - ०६:२६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology