काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१२ अंकले घटेर १५६९.०६ विन्दुमा पुगेको छ । यस दिन १९५ कम्पनीको ६१ हजार ९३६ पटकको कारोबारमा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँ बराबरको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर खरीद बिक्री भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.३८ अंकले बढेर ३१२.२४ को विन्दुमा आएर कारोबार बन्द भएको छ ।
आज नेपाल बैंकको सर्वाधिक २१ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन रिलायन्स लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ५३ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ५ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ४३ लाख रुपैयाँ, सिभिल बैंकको ५ करोड २५ लाख रुपैयाँ, अरुण काबेलीको ५ करोड २१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनाइटेड फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट नै लाग्यो।
यो दिन लिवर्टी इनर्जी, राइराङ हाइड्रोपावर र घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। लिवर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत र राइराङ हाइड्रापावर र घलेम्दी हाइड्रोका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लागेको छ।