Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

दैनिकी न्यूज

६, आश्विन २०७७
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?
images

काठमाडौं । मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १७ सयले घटेर ९५ हजार पुगेको छ ।

चाँदीको भाउ पनि आज ९० रुपैयाँले घटेर तोलामा १२ सय ३० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - ११:१८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology