Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

दैनिकी न्यूज

६, आश्विन २०७७
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय
images

काठमाडौं । सरकारले इजरायलसँग नयाँ श्रम सम्झौता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जाने कामदारसम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
सोमबार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसेको थियो । मन्त्रिपरिषद्को बैठकले कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र सबै खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ।
बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएको थियो।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यकाल बैशाखसम्मका लागि थपेको छ। सो युनियनले असोज २४ गते चुनाव गर्नुपर्ने प्रावधान रहेकोमा सरकारले हाललाई युनियनको निर्वाचनका सबै प्रक्रिया स्थगित गरेर म्याद थपेको हो ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १४:१३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology