Logo

सोमवार, श्रावण २५ गते २०८३

images

खर्च बढ्ने भएपछि तत्काल कर्मचारी नियुक्ति नगरिने

खर्च बढ्ने भएपछि तत्काल कर्मचारी नियुक्ति नगरिने

दैनिकी न्यूज

७, आश्विन २०७७
खर्च बढ्ने भएपछि तत्काल कर्मचारी नियुक्ति नगरिने
images

काठमाडौं । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटरमा चल्ने रेलका लागि आवश्यक कर्मचारीको नियुक्ति तत्कालका लागि नहुने देखिएको छ । कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएको र कर्मचारी नियुक्ति गर्दा खर्च बढ्ने तर रेल नचल्ने भएकाले नेपाल रेलवे कम्पनी लिमिटेडले तत्काल कर्मचारी नियुक्ति नगर्ने भएको हो ।

तर, कम्पनीले रेल सञ्चालनका लागि आवश्यक प्राविधिक र प्रशासनिक कर्मचारी भर्नाको प्रक्रिया भने जारी राख्ने भएको छ । कोरोनाको कारण रेल कहिलेदेखि चलाउने भन्ने यकिन नभएपछि मासिक पारिश्रमिकमा मात्रै रकम खर्च हुने देखिएकाले कर्मचारी नियुक्त गर्ने तयारी नगरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

‘कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिएको छ, १२९ जना कर्मचारी करारमा नियुक्ति गर्न सूचना जारी गरिएको छ भने भारतबाट पनि रेल चालक र कन्ट्रोलरलगायत कर्मचारी ल्याउने प्रक्रिया शुरू गरिएको छ,’ भट्टराईले भने, ‘रेल चल्ने निश्चित हुनासाथ कर्मचारी नियुक्त गछौंं, तत्कालका लागि भने नियुक्ति गर्न लागिएको छैन ।’

कोरोना संक्रमण कम भएको संकेत मिल्नासाथ कर्मचारी नियुक्ति शुरू गरिने र तालीम दिने काम अघि बढाउने उनको भनाइ छ । जनकपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल रेलवे कम्पनीमा २ महीनाअघि मात्रै महाप्रबन्धका रूपमा भट्टराईलाई सरकारले नियुक्ति गरेको थियो । तर, कर्मचारीलगायत नियुक्तिका प्रक्रिया कम्पनीले १ हप्ताअघि मात्रै शुरू गरेको छ । अहिले भट्टराईसहित १३ जना कर्मचारी कम्पनीमा कार्यरत छन् ।

रेल ल्याइसके पनि कोरोनाका कारण सञ्चालनमा अप्ठ्यारो हुँदा ती रेल नेपालको धनुषाको इनरुवामा पार्किङ गरी राखिएको छ । ती रेल अहिले नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ०ले सुरक्षा दिइरहेको भट्टराईले बताए । रू। ८६ करोड लगानीका ती रेल सञ्चालन नभए पनि रेल निर्माता कम्पनीले बीचबीचमा भने जाँच गर्नेछ ।

१ वर्षसम्म मर्मतसम्भार गर्ने र प्राविधिक समस्या समाधान गर्ने ग्यारेन्टी दिएको हुँदा सोही कम्पनीले नै रेलको प्राविधिक पक्ष जाँच गर्नेछ । शुक्रवार परीक्षण सञ्चालन गरिएको रेल पुनः भारतको जयनगरतर्फ लगिएको भए पनि अहिले रेल नेपाली भूमिमा राखिएको छ ।

भारतीय कर्मचारी ल्याउने, उक्त ट्र्याक बेड नेपाललाई हस्तान्तरण गर्ने, रेल सञ्चालनको मोडालिटी तय गर्ने जस्ता विषयमा १ हप्ताभित्र नेपाली र भारतीय रेल अधिकारीहरूसँग छलफल गरिँदै छ । भारत सरकारले नेपालसँग क्रशबोर्डर रेल सञ्जाल विस्तारका लागि पूर्वदेखि पश्चिमका विभिन्न पाँचओटा रेल लिंक अनुदानमा बनाइदिने घोषणा गरेको थियो । तीमध्ये जनकपुर–जयनगर रेल लिंक पहिला निर्माण भई सञ्चालनमा आउने भइसकेको छ ।

आर्थिक अभियानमा हिमा विक. खबर छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - ०६:३७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology