Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्याङ्जामा पहिरोमा परेर एकै परिवारका ८ जना वेपत्ता, एकको मृत्यु

स्याङ्जामा पहिरोमा परेर एकै परिवारका ८ जना वेपत्ता, एकको मृत्यु

दैनिकी न्यूज

८, आश्विन २०७७
स्याङ्जामा पहिरोमा परेर एकै परिवारका ८ जना वेपत्ता, एकको मृत्यु
images

वालिङ । पहिरोमा परेर स्याङ्जाको वालिङमा एकै परिवारका ८ जना वेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नं. १४, की माया परियारको घर गएराति पहिरोले बगाउँदा १० जनाको परिवारमध्ये १० जना नै पहिरोमा पुरिएका थिए । एकजनाको स्थानीयले सकुसल उद्दार गरेका छन् ।

घटनास्थलबाट एक जनाको शव निकालिएको र ८ जना अझै वेपत्ता भएका स्थानीयले जनाएका छन् । इलाका प्रहरी कार्यालय वालिङले अहिले उद्दारको प्रयास भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०९:०९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology