Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

१८ घन्टादेखि कान्तिलोकपथको पहिरोमा फसेका ५ जनाको अझै उद्धार भएन

१८ घन्टादेखि कान्तिलोकपथको पहिरोमा फसेका ५ जनाको अझै उद्धार भएन

दैनिकी न्यूज

८, आश्विन २०७७
१८ घन्टादेखि कान्तिलोकपथको पहिरोमा फसेका ५ जनाको अझै उद्धार भएन
images

ललितपुर । कान्तिलोकपथमा गएको पहिरोमा पुरिएर ५ जना गम्भीर घाइते भएका छन् । अविरल वर्षापछि कान्तिलोकपथ अन्तगर्त बागमती गाउँपालिका वडा नं. ३ छपेलीस्थित पाङदुर गहिरोमा बुधबार दिउँसो ४ बजे गएको पहिरोमा पुरिएर फसेका ५ जनाको अझै उद्वार हुन नसकेको प्रहरी चौकी भट्टेडाँडाका प्रहरी नायब निरीक्षक सन्तोष बरालले बताए ।

उनले भने, ‘निरन्तर पहिरो खसेपछि खडक अवरुद्ध भएको छ । घाइते मध्ये कुमार नगटकोटीको खुट्टा भाँच्चिएको र सुरेन्द्र थापा मगरको करङ भाच्चिएको छ ।’ सडकबाट उद्धार गर्न नसकेपछि पोष्ट भन्ने स्थानमा जेसिबीको प्रयोगबाट प्रहरी र स्थानीय मिलेर हेलीप्याड बनाउने काम भैरहेको उनले बताए । पहिरोमा दुई वटा टिपर र एउटा मोटरसाइकल गरि तीनवटा सवारी साधन पुरिएको छ ।

घटनास्थलमा हेलिकप्टर लगेर घाइतेको उद्वार गर्न कोसिस भएपनि निरन्तर वर्षा भएको र सो क्षेत्रमा बाक्लो कुहिरो लागेकोले हेलिकप्टर जान नसकेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । यसबारे गृहसचिवसँग पनि कुरा भएको प्रजिअ भट्टले जानकारी दिए ।

पहिरोमा फसेको जानकारी पाएपछि हिजै हेलिकप्टर पठाउने कोसिस भएपनि मौसम प्रतिकुलताले सफल भएन, उनले भने, ‘हेलिकप्टर तयारी अवस्थामा छ, आज पनि बिहानै देखि प्रयत्न भएको छ, मौसम सुधार भएपछि हेलिकप्टर जान्छ ।’ घाइतेहरुको त्यही कार्यरत अहेवबाट प्राथमिक उपचार भैरहेको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १०:१३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology