काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७४ अंकले बढेर १५६१.२७ विन्दुमा पुगेको छ । यस दिन १९३ कम्पनीको ४५ हजार ८३४ पटकको कारोबारमा २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर खरीद बिक्री भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.२३ अंकले बढेर ३०९.५७ को विन्दुमा आएर कारोबार बन्द भएको छ ।
यो दिन अरुण काबेली पावरको सर्वाधिक १४ करोड ७८ लाख ६४ हजार ४१२ रुपैयाँ बराबरको कारोबार भएको छ । अपर तामाकोशी हाइड्रोपावरको ९ करोड ५९ लाख ३६ हजार १५० रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ३८ लाख २४ हजार ६९८ रुपैयाँ, अरुणभ्याली हाइड्रोपावरको ८ करोड ९२ लाख ५७ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएका छ ।
कारोबारमा आएका बैकिङ समूह ०.९३ अंक, व्यापार समूह ७०.८५ अंक, होटल्स समूह १७.२७ अंक, जलविद्युत समूह ५५.७१ अंक, वित्त समूह ९.६२ अंक, अन्य समूह ८.९४ अंकले बढेका छन् । उता विकास बैंक १.६७ अंक, निर्जिवन विमा समूह ५३.९७ अंक, उत्पादन समूह ९.३ अंक, लघुवित्त समूह ०.५२ अंक, जीवन विमा समूह ४४.१ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले गिरावट आएको छ ।
यो दिन सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा हाइड्रोपावर सेक्टरका कम्पनीको एकछत्र दबदबा देखियो । यो दिन अपि पावर कम्पनीको ९.७६ प्रतिशत, माउण्टेन हाइड्रो नेपालको ९.७३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.६८ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ९.६८ प्रतिशत, दिव्यश्वरी हाइड्रोपवारको ९.६४ प्रतिशत, बरुण हाइड्रोको ९.५६ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९.४४ प्रतिशत, खानीखोली हाइड्रोपावरको ९.६१ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.३८ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९.३५ प्रतिशतले बढ्यो ।
यो दिन सिटिजन्स म्युचल फण्ड–१ का लगानीकर्ताले धेरै गुुमाए । कम्पनीको सेयरमूल्य २.१२ प्रतिशतले घट्यो ।