Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एसिड आक्रमणकारीलाई कडा कारवाही समेटिएको अध्यादेश ल्याउने सरकारको निर्णय, भोलि नै स्वीकृत हुने

एसिड आक्रमणकारीलाई कडा कारवाही समेटिएको अध्यादेश ल्याउने सरकारको निर्णय, भोलि नै स्वीकृत हुने

दैनिकी न्यूज

८, आश्विन २०७७
एसिड आक्रमणकारीलाई कडा कारवाही समेटिएको अध्यादेश ल्याउने सरकारको निर्णय, भोलि नै स्वीकृत हुने
images

काठमाडौं । सरकारले तेजाब (एसिड) आक्रमण रोक्न कडा कानुन समेटिएको अध्यादेश जारी गर्ने भएको छ । तेजाब आक्रमणविरूद्ध फौजदारी अपराध संहिता ऐन संशोधनसम्बन्धी र बिक्री वितरण नियमनसम्बन्धी दुईवटा अध्यादेश बिहीबारको मन्त्रिपरिषद् बैठकमा पेस भएको र मन्त्रीहरूलाई राय सुझाव दिन शुक्रबार १२ बजेसम्मको समय दिइएको छ । अध्यादेश शुक्रबार नै राष्ट्रपति कार्यालय पठाइनेछ ।

नयाँ कानुनअनुसार तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय निर्धारण गरिएको छ । यस्तै दश लाखसम्म जरिबाना तोकिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ ।

तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पु¥याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ ।

२० वर्ष कैद सजायको हकमा एकदिन पनि सजाय छुट नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको कानुनमन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् । तेजाब बिक्रीमा पनि सरकारले कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था छ ।

प्रधानमन्त्रीले अपराध नियन्त्रण गर्न पीडितलाई न्याय दिलाउन गत भदौ २५ गते यसअघि विभिन्न तेजाब आक्रमणका घटनामा परेका झण्डै १२ जनासँग परामर्श गरेर नयाँ कानुन ल्याउने प्रतिवद्धता जनाएका थिए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - २३:३४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology