काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेको छ । बिहीबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज (बिहीबार) तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज (शुक्रबार) ४० रुपैयाँले बढेर तोलामा ११ सय ६० रुपैयाँ कारोबार भैरहेको छ । तर बिहीबार चाँदी तोलामा ११ सय २० रुपैयाँ कारोबार भएको थियो ।