Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७७
तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
images

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं. ११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४४ हजार १ सय ८० रुपैयाँ, १३ वटा तासको गड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १५:५२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology