Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७७
तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
images

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं. ११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४४ हजार १ सय ८० रुपैयाँ, १३ वटा तासको गड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १५:५२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology