Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाको कारण एकैदिन १० जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंका

कोरोनाको कारण एकैदिन १० जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंका

दैनिकी न्यूज

११, आश्विन २०७७
कोरोनाको कारण एकैदिन १० जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंका
images

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आइतबार एकैदिन १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्।

त्यसमध्ये काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा,रुपन्देही र अछामका १/१ जना छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।

यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो। आइतबार एकैदिन १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १६:५६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology