Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय

दैनिकी न्यूज

११, आश्विन २०७७
यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय
images

काठमाडौं । सरकारले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा। अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो।
अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो। नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा आली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा सहमति भने जुटेको छैन ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १७:३९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology