काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४ दशमलब २९ अंकले बढेर १ हजार ५६५ दशमलव ५५ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आइतबार ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा सोल्टी होटल लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ४८ करोड ५६ लाख ५१ हजार ८ सय ८९ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।