बारा । तीब्र गतिको बसले स्कुटरलाई ठक्कर दिँदा एकवर्षे बालकसहित एकैघरका तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा आइतबार साँझ बसले स्कुटीलाई ठक्कर दिएको थियो ।
३ नै जनाको घटनास्थलमै मृत्यु भएको बारा प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले प्रदेश २०३(००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा निजगढ नगरपालिका १० का तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको हो।
स्कुटरलाई ठक्कर दिएर बसको चालक भने फरार छन्।