Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा आइतबार ठूलो संख्यामा कोरोना संक्रमित थपिए, कोञ्जोसोमकी एक महिला पनि संक्रमित

ललितपुरमा आइतबार ठूलो संख्यामा कोरोना संक्रमित थपिए, कोञ्जोसोमकी एक महिला पनि संक्रमित

दैनिकी न्यूज

१२, आश्विन २०७७
ललितपुरमा आइतबार ठूलो संख्यामा कोरोना संक्रमित थपिए, कोञ्जोसोमकी एक महिला पनि संक्रमित
images

ललितपुर । ललितपुरमा आइतबार एकैदिन ८९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार थप भएका संक्रमितमा ४० महिला र ४९ पुरुष रहेका छन् ।

सबैभन्दा बढी ललितपुर महानगरपालिकामा ६७ जनालाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको छ । यसैगरी महालक्ष्मी नगरपालिकामा १७ र गोदावरी नगरपालिकामा ६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबार ललितपुरको कोञ्जोसोम गाउँपालिकाकी एक महिलालाई कोरोना भएको छ । ललितपुरमा हालसम्म कोरोनाबाट २१ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म जिल्लामा सक्रिय संक्रमित ८ सय ३२ रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १४:३४:२७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology