Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई हुँदा घट्न थाल्यो शेयरबजार

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई हुँदा घट्न थाल्यो शेयरबजार

दैनिकी न्यूज

१२, आश्विन २०७७
मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई हुँदा घट्न थाल्यो शेयरबजार
images

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । एक्सचेन्जका अनुसार आज (सोमबार) नेप्से ४.७३ अंकले घटेर १ हजार ५६० दशमलव ८३ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि सोमबार १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये डेभलपमेन्ट बैंक र फाइनान्सबाहेक अन्य सबै समूहको शेयरमा गिरावट आएको छ ।
आज वाणिज्य बैक समुहको सुचक चार दशमलव तीन अंकले घटेर १२ सय ५४ दशमलव ६१ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दशमलव ८३ अंकले घटेर सात हजार आठ सय आठ दसमलव १७ बिन्दुमा झरेको छ । यसैगरी लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलुक, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई हुँदा त्यसको असर शेयर बजारमा परेको हो । नयाँअर्थमन्त्री नआउँदा लगानीकर्तामा उत्साह जाग्न नसकेको शेयर बजार विश्लेषक बताउँछन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । शेयरबजारका लगानीकर्ताहरुले उनलाई रुचाउँदैनन् । सोही कारण नयाँ अर्थमन्त्री आउने चर्चा चलेपछि शेयरबजार बढ्ने गरेको थियो । मन्त्रिमण्डल पुनर्गठनका विषयमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच कुरा मिल्न सकेको छैन, जसको प्रभाव शेयर बजारमा परेको विश्लेषकहरु दाबी गर्छन ।

images
प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १६:२५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology