Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

१३, आश्विन २०७७
मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
images

काठमाडौं । गत साताबाट लगातार घटिरहेको सुन र चाँदीको मूल्य मंगलवार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सयले बढेको हो। बढेपछि छापावाल सुनको मूल्य ९४ हजार २०० र तेजाबी सुनको मूल्य ९३ हजार ७ सय कायम भएको छ।

आइतवार तोलामा ६ सयले घटेको सुनको मूल्य सोमवार भने स्थिर रहेको थियो। गता साता पनि सुनको मूल्य प्रतितोलामा ३ हजार १ सयले घटेको थियो ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय७५ माा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १६:०७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology