Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गौतमको मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार के आउला फैसला ?

गौतमको मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार के आउला फैसला ?

दैनिकी न्यूज

१४, आश्विन २०७७
गौतमको मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार के आउला फैसला ?
images

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नियुक्ति बदरको माग गर्दै परेको मुद्दा हेर्दा हेर्दैमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।
अब त्यसबारे १६ गते फेरि बहस हुनेछ । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार गौतमको मुद्दा हेर्दा हेर्दैमा परेको छ, असोज १६ गते फेरि बहस हुनेछ ।

मुद्दामाथि वकिलहरुको बहस नसकिए वा समय सकिए त्यो मुद्दा हेर्दा हेर्दैमा जान्छ । बुधबार साढे ४ घण्टा बहस भएको थियो । गौतमको पक्षबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल बैद्य, प्रेमबहादुर खड्का चन्द्र कान्त ज्ञवाली र कुमार आचार्य लगायत १३ जना भन्दा बढी चर्चित अधिवक्ताहरुले बहस गरेका थिए ।

अझै सरकारी वकिलका तर्फबाट एक जनाले बहस गर्न बाँकी हुँदै समय सकिएको हो । अब शुक्रबार हुने बहसमा सरकारी एकजना वकिलपछि रिट निवेदक दिनेश त्रिपाठी पक्षका अधिवक्ताले बहसमा भाग लिनेछन् । त्यसपछि मात्र गौतमको राष्ट्रियसभा सदस्यका विषयमा अदालतको फैसला आउनेछ ।
गौतमलाई राष्टिरयसभा सदस्य बनाउन भदौ २९ गते सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । गौतमले १ गते शपथ लिएका थिए । राष्ट्रियसभा सांसद बनेपछि उनलाई मन्त्रीसमेत बनाउन लागेको भन्दै असोज ५ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नियुक्ति बदरको माग राख्दै सर्वाेच्च अदालतमा रिट हालेका थिए । सो रिटको असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले प्रारम्भिक सुनुवाई गर्दै सो नियुक्तिलाई यथास्थितिमा राख्दै थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।
 

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १७:११:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology