Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार ललितपुरमा थपिए १०८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

बुधबार ललितपुरमा थपिए १०८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

१४, आश्विन २०७७
बुधबार ललितपुरमा थपिए १०८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बुधबार थप १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका, महांकाल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाकाका विभिन्न स्थानका १०८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ४५ जना महिला र ६३ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ३३ जना महिला, ४९ जना पुरुष गरी जम्मा ८२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ११ जना महिला, ४ जना पुरुष गरी १५ जना, गोदावरी नगरपालिकाका ८ जना पुरुष, महांकाल गाउँपालिकाका १ जना पुरुष र कोन्ज्योसोम गाउँपालिकाका १ जना महिला र १ जना पुरुष गरी २ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २५ सय २३ जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १४ सय ८७ जना, मृत्यू हुनेको संख्या २२ जना पुगेको छस । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार १४ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - २१:०६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology