ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने वर्ष ६० को हेमकाजी महर्जन डंगोल बिहीबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ठेचोबाट महर्जनलाई प्रक्राउ गरेको हो ।
अदालतले जरिवाना ठहर गरेपछि फरार भएका थिए । उच्च अदालत पाटनको गत २०७१ साल मंसिर २१ गतेको फैसलाले ३ महिला कैद र १ करोड ६५ लाख जरिवाना ठहर गरेको थियो । ठेचोबाट प्रकाउ परेका महर्जनलाई कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले दैनिकीन्युजलाई जानकारी दिए ।