Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

दैनिकी न्यूज

१५, आश्विन २०७७
मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस
images

काठमाडौँ । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले बताए ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १२:१६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology