Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा उछाल आयो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

नेप्सेमा उछाल आयो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१५, आश्विन २०७७
नेप्सेमा उछाल आयो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आज कारोबार रकम भने बढेर पौने ३ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक २०.६१ अंकले बढेर १ हजार ५७१.०४ को विन्दुमा आएर कारोबार बन्द भएको छब । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.९८ अंकले बढेर ३१०.१५ को विन्दुमा सीमित बनेको छ । आज १९३ कम्पनीका ४६ हजार ८२४ पटक सेयर कारोबार हुँदा २ अर्ब ७९ करोड ५ लाख ७९ हजार ८५९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९८ लाख ८४ हजार ८२६ कित्ता शेयरको किनबेच भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा मात्र बढेको छ भने बाँकी २ वटाको शेयर मूल्यमा गिरावट आएको छ । यस दिन बैकिङ समूह १८.८६ अंक, व्यापार समूह १९.५३ अंक, होटल्स समूह ८.०८ अंक, विकास बैंक ६५.४८ अंक, वित्त ५.७९ अंक, निर्जिवन विमा समूह ३३२.४१ अंक, उत्पादन समूह ४९.७९ अंक, अन्य समूह २.९७ अंक, लघुवित्त समूह २०.८१ अंक, जीवन विमा समूह १५७.३३ अंकले बढेको छ भने जलविद्युत समूह २४.७६ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले गिरावट आएको छ ।

यो दिन बैक अफ काठमाण्डूको सर्वाधिक १४ करोड ७० लाख ४ हजार ६१९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको १३ करोड ३३ लाख ४३ हजार ७२७ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ३० लाख ५८ हजार ७१२ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ३५ लाख ५४ हजार २९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशत, कामना सेवा विकास बैंकको ९.६३ प्रतिशत, मल्टिप्रपोज फाइनान्स कम्पनीको ९.६० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.५२ प्रतिशत, बैक अफ काठमाण्डूको ९.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज माउण्डेन हाइड्रो नेपालको ८.५० प्रतिशत, पन्चकन्या माई हाइड्रोको ६.६८ प्रतिशतले गिरावट आएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १५:२०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology