काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार सुनको भाउ तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । बिहिबार पनि तोलामा २ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।