काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ प्रतितोला ११८० रहेको महासंघले जनाएको छ । तर शुक्रबार चाँदी प्रति तोला ११७५ रुपैयाँमा कारोबार भएको थियो ।