काठमाडौं । मंगलबार सुनचाँदीको भाउ भाउ बढेको छ । सोमबार सुनको भाउ तोलामा ९४ हजार १ सयमा कारोबार भएको आज तोलामा ८ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार सोमबारको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला १२० रहेको महासंघले जनाएको छ । तर मंगलबार चाँदीको भाउ प्रतितोला ११८० रहेको थियो ।