काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) घटेको छ । मंगलबार सुनको भाउ तोलामा ९४ हजार ९ सयमा कारोबार भएको आज तोलामा ८ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।