काठमाडौं । स्वास्थ्य सुधारको माग राख्दै आमरण अनसनमा रहेको डाक्टर गोविन्द केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टीली र केसीका प्रतिनिधिहरुबीच वार्ता भइरहेको भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपी मैनाली गरेका छन् भने केसीको प्रतिनिधिकहरुको नेतृत्व डा जीवन क्षत्रीले गरेका छन् । डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । २५ दिनदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डाक्टर केसीको स्वास्थ्य बचाउन स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्ने घोषणा गरेपछी सरकारले हिजो वार्ता कमिटी गठन गरेको थियो । सरकारले वार्ता टोलि बनाएपछि डाक्टर केसीको तर्फबाट पनि ४ सदस्यीय टोलि गठन गरेको थियो । आजै वार्ता सहमति उन्मुख गरेर डाक्टर केसीको अनशन तोडाउन गरि वार्ता गर्न टोलीलाई सरकारले निर्देशन दिएको छ ।