काठमाडौं । बिहीबार पनि सुनको भाउ घटेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा ८०० रुपैयाँले गिरावट भई प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । केहि दिन यता सुनचाँदीको भाउमा सामान्य उतारचढाव देखिएको छ ।
तर चाँदीको मूल्य भने बिहीबार बढेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य सामान्य घटेको छ । सो बजारमा सुन प्रतिअउन्स एक हजार ८८८ डलर भन्दा बढिमा कारोबार भइरहेको छ ।