Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबारदेखि नीजि र सरकारी डाक्टरहरु आन्दोलनमा !

आइतबारदेखि नीजि र सरकारी डाक्टरहरु आन्दोलनमा !

दैनिकी न्यूज

२४, आश्विन २०७७
आइतबारदेखि नीजि र सरकारी डाक्टरहरु आन्दोलनमा !
images

काठमाडौं । डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । यसअघि सेवा बहिष्कारको घोषणा गरिएकोमा वार्ता सकारात्मक भएकाले स्थगित गरिएको भन्दै संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको हो । आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थामा यसभन्दा कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन । बरु सरकारी वार्ता टोलीले केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गर्‍यो । केसी पक्षले भने सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्न गम्भीरता नदेखाएको भन्दै केसीको जीवन रक्षाका लागि दबाब दिन सडक आन्दोलनको आह्वान गरेको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १९:४४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology