काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । यसदिन सुन तोलामा ८०० ले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुन तोलमा ९०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी साताको पहिलो दिन चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।