Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार शेयर बजार दोहोरो अंकले घट्यो

आइतबार शेयर बजार दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

२५, आश्विन २०७७
आइतबार शेयर बजार दोहोरो अंकले घट्यो
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार दिनभरिमा १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४सय ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफकोे १० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १० करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स बाहेक अन्य क्षेत्रकोउपसुचक घटेका छन् ।

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, रिदि हाईड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपी पावरका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १५:३३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology