Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आइतबार शेयर बजार दोहोरो अंकले घट्यो

आइतबार शेयर बजार दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

२५, आश्विन २०७७
आइतबार शेयर बजार दोहोरो अंकले घट्यो
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार दिनभरिमा १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४सय ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफकोे १० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १० करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स बाहेक अन्य क्षेत्रकोउपसुचक घटेका छन् ।

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, रिदि हाईड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपी पावरका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १५:३३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology