काठमाडौं । आज (मंगरबार) सुन चाँदीको भाउ घटेको छ । हिजो (सोमबार) तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ
चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ ।