नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ६ सयले घटेको हो । मंगलबार छापावाल सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । मंगलबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।