काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।