Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलिदेखी दसैं सुरु, घटस्थापनाको साइत पौने १२ बजे

भोलिदेखी दसैं सुरु, घटस्थापनाको साइत पौने १२ बजे

दैनिकी न्यूज

३०, आश्विन २०७७
भोलिदेखी दसैं सुरु, घटस्थापनाको साइत पौने १२ बजे
images

काठमाडौं । यसवर्षको दसैं  भोलि शनिबारबाट सुरु हुँदैछ । पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ । शनिबारदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै एक/एक तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजाआराधना गरी नजिकको शिवलिंगलाई अघ्र्य दिने गर्छन् । राजधानीमा श्रद्धालुहरू पाटनको शंखमूलस्थित शंकर तीर्थमा स्नान गरेर महालक्ष्मी (चामुण्डादेवी) को पूजाअर्चना गर्छन् । विजया दशमीका दिन गुहयेश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुहेश्वरीमाईको पूजाआराधना गर्दै समापन गर्छन् । कात्तिक ७ गते शुक्रबार फूलपातीलाई हर्ष बढाई गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबारस्थित दसैं घर भित्र्याइन्छ । त्यस अवसरमा राष्ट्रपति हनुमान ढोका नासलचोकमा हुने पूजा कार्यक्रम सरिक हुने परम्परा छ । तर, यस वर्ष कोभिड–१९ महामारीका कारणले गर्दा राष्ट्रपति उपस्थित नहुने जानकारी विश्व युवा हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले दिए ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २१:५०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology