Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर सिडियो कार्यालय अनिश्चित समयका लागि बन्द

ललितपुर सिडियो कार्यालय अनिश्चित समयका लागि बन्द

दैनिकी न्यूज

३०, आश्विन २०७७
ललितपुर सिडियो कार्यालय अनिश्चित समयका लागि बन्द
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबारदेखि अनिश्चित समयसम्मको लागि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गर्ने भएको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड हुँदा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण सो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । ‘कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाप्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ। 

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २२:५०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology