उदयपुर । उदयपुरमा स्कोरपियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति सो जीप खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनामा परेर ओखलढुंगा मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, २७ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका – ८ शिरिसेका ३० वर्षीय महेशबहादुर विक रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की ३१ वर्षीया कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिदम्बा नगरपालिका–१५ बस्ने २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । कुमारीलाई कटारी अस्पतालमा र कल्पना र पवनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।