काठमाडौँ । ललितपुरको बालकुमारीमा मर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारीको आकाशेपुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरकाप्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । फरार चालक मैलुङ–५ दोलखाका कुँबेर खड्कालाई खानेपा कालोपुलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोलका बाबुकाजी श्रेष्ठको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाइलाल महर्जन घाइते छन् । उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।