Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

दैनिकी न्यूज

६, कार्तिक २०७७
साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु
images

साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए ।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताउनुभयो । उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - १५:३३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology