Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

दैनिकी न्यूज

६, कार्तिक २०७७
साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु
images

साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए ।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताउनुभयो । उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - १५:३३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology