ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ४ नख्खुस्थित सडकमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका वडा नंं ४ जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको सोही अस्पतालमा उपचार भईरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।