तेह्रथुम । म्याङलुङ नगरपालिका वडा नं. १ स्थित जर्नी गेष्ट हाउसबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. १० बस्ने ४७ वर्षीय रत्न बहादुर दमाई लगायत ६ जनालाई नगद ९० हजार ५ सय ४५ रुपैयाँ र तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।